बलिदानी दिवसको अबसरमा मिथिला साहित्य कला प्रतिष्ठानद्वारा दिप प्रज्वलन

मिति: २०२४-०१-१९ , समय : २०:४०:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
बलिदानी दिवसको अबसरमा मिथिला साहित्य कला प्रतिष्ठान नेपालद्वारा सप्तरीको राजबिराजमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

मिलाफ सप्तरी अध्यक्ष रमिला साहको अगुवाइमा आयोजना गरिएको उक्त दिप प्रज्वलन कार्यक्रममा मिना साह , अनुराधा देबि साह , मेनुका साह , गीता यादब , बिनय यादब र प्रतिमा देब लगायतको मैथिली भाषा ,संस्कृति र कला क्षेत्रका अभियानिहरुको उपस्थिती रहेको थियो ।

मधेशको लागि बलिदानी दिएका प्रथम सहिद रमेश महतो लगायत सबै सहिदहरुको सपना सकार होस र उहाहरुको आत्माले चिर शान्ती पाओस भनी मधेश प्रदेश सरकारले प्रत्येक बर्ष माघ ५ गते बलिदानी दिवस मनाइदै आएको छ । सोही बलिदानी दिवसको अबसरमा मिलाफ नेपालले पनि उक्त सहिदहरुको सम्झानामा सो कार्यक्रम गरेका हुन।

मिलाफ नेपालले यस बर्ष देखि सुरुवात गरेको दिप प्रज्वलन कार्यक्रममा उपस्थिती थोरै रहेतापनी अगामी बर्ष देखि बाक्लो उपस्थिती गराइ उक्त कार्यक्रम मनाउने भने सस्थाकी अध्यक्ष रमिला साहले बताइन । साथै उक्त कार्यक्रममा प्रतिमा देबको स्कृयता र ठूलो सहयोग रहेको कुरा अध्यक्ष रमिला साहले बताइन् ।

प्रकाशित मिति: २०२४-०१-१९ , समय : २०:४०:३४ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित