प्रचण्ड गर्मीसँगै मधेस प्रदेशका महिलाहरु‘गुइँठा’ बनाउन व्यस्त

मिति: २०२४-०५-०२ , समय : १७:४५:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । प्रचण्ड गर्मीसँगैको तातो हावाका बीच मधेस प्रदेशका महिलाहरू बर्खायामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेशमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामासमा खाना पकाउन त्यहाँका महिला जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् ।

त्यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ । गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुवस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् ।

महोत्तरीका १५ पालिकामध्ये १० वटा नगरपालिकामा धेरैजसो ग्रामीण बस्ती नै रहेकाले सबैजसो भेगमा अहिले ‘गुइँठा’ बनाउने काममा महिलाहरू व्यस्त छन् । रासस

प्रकाशित मिति: २०२४-०५-०२ , समय : १७:४५:२३ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित