भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मिति: २०२३-०३-१७ , समय : ०१:४२:०५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : ०१:४२:०५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित