सप्तरीमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा २ जना गम्भीर घाइते

मिति: २०२५-०४-१७ , समय : १९:५३:२१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीकाे राजविराजदेखि भारदहतर्फ जाँदै गरेको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। घटना कोशी नहरदेखि करिब २०० मिटर अगाडि पर्ने सडकखण्डमा भएको हो।

प्रहरीका अनुसार ठक्करपछि मोटरसाइकलमा सवार दुबै जनाको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको बताइएको छ।

स्थानीय प्रहरीले घटना स्थलमा पुगेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

यता उक्त घटनाले बिहानको समयमा सडकमा सवारीसाधन चलाउँदा सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः देखिएको छ।

प्रकाशित मिति: २०२५-०४-१७ , समय : १९:५३:२१ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित