कोशी प्रदेश : सवारी दुर्घटना प्रहरीका असई खतिवडाको मृत्यु

मिति: २०२५-०५-११ , समय : ०७:५३:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको दुहबीमा पिकअप भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका– ३ फुटानी चौकमा भ्यान अनियन्त्रित भइ दुर्घटना हुँदा त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षीय असई बिरोध खतिवडाको मृत्यु भएको हो ।इटहरी– विराटनगर सडक खण्डमा इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान अयिनन्त्रित भइ बारमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा भ्यानमा सवार खतिवडाको टाउको र शरिरका अन्य भागमा चोट लागेको थियो । उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए । भ्यानमा सवार उदयपुर, चौदण्डीगढी नगरपालिका– ६ का ३८ वर्षीय सुरेश कार्की र १४ वर्षीय रोजिना कार्की घाइते भएका छन् । सुरेश चालक हुन् । रोजिना चालककी छोरी हुन् ।

प्रकाशित मिति: २०२५-०५-११ , समय : ०७:५३:१८ , 21 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित