अख्तियारद्वारा मधेश प्रदेशका सांसद सरोजकुमार सिंह काठमाडौंबाट पक्राउ

मिति: २०२५-०६-१२ , समय : १९:०९:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई पक्राउ गरेको छ। सांसद विकास कोषको रकम दुरुपयोगको आरोपमा उनलाई आयोगको टोलीले बिहीबार साँझ अनामनगरबाट पक्राउ गरेको हो।

यसअघि आयोगले उनका पिएलाई पक्राउ गरी सो विषयमा अनुसन्धान गरेको थियो। कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको प्रमाण भेटिएपछि आयोगले पक्राउ गरेको हो । कोषको रकम उपभोक्ता समितिलाई खर्च गरी उनले बैंक खातामै कमिसन बुझ्दै आएका थिए। जसपाका सांसद सिंह पूर्वगृहराज्यमन्त्री(आन्तरिक मामिला) समेत हुन्। उनी महोत्तरीको क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित भएका थिए।

यता अख्तियारले गत १२ गते सांसद् सिंहका निजी सचिव बिनोद कुमार लाल कायस्थलाई पनि नियन्त्रणमा लिएको थियो । त्यतिबेलै अख्तियारले सांसद् सिंहको साथमा रहेको विद्युतीय उपकरणसमेत कब्जामा लिएको थियो ।

प्रकाशित मिति: २०२५-०६-१२ , समय : १९:०९:४० , 5 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित