लेखापढी कानुन ब्यवसायी एशोसिएसन मालपोत इकाईमा श्रीलाल यादव निर्वाचित
मिति: २०२५-०७-१४ , समय : ०६:२३:५४ , गामघर डेस्क
मिति: २०२५-०७-१४ , समय : ०६:२३:५४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएसन मालपोत इकाइ राजविराजको हाले निर्वाचित कार्य समितिको एक कार्यक्रम विच सपथग्रहण आईतवार सम्पन्न भएको छ । एशोसिएसनका निर्वाचन संयोजक आन्नदकुमार यादवको अध्यक्षतामा सम्पन्न सपथग्रहण कार्यक्रममा एशोसिएसनका केन्द्रिय सदस्य जयनारायण देवको प्रमुख आतिथ्यमा हाले निर्वाचित कार्य समितिको पदाधिकारी लगायत सम्पुर्ण सदस्यहरुलाई निर्वाचन संयोजक आन्नदकुमार यादवले सपथग्रहण गराउनु भयो । सपथग्रहण कार्यक्रममा विशिष्ठ अतिथि भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीका कार्यालय प्रमुख भुपेन्द्र राई,मालपोत अधिकृत अजयकुमार झा लगायतले कार्यकालको सफलताको शुभकामना दिनु भएको छ । एशोसिएसनको मालपोत इकाइ राजविराजको हाले निर्वाचित कार्य समितिको अध्यक्ष श्रीलाल यादव,उपाध्यक्ष जयराम यादव,सचिव दिगम्बर यादव,कोषाध्यक्ष फागुलाल साह रहेका छन । त्यसै गरी चन्द्रकान्त साह,महिनारायण दास,जितेन्द्र चौधरी,निर्मल यादव,हरेराम साफी,अर्जुन साह,पशुपति देव सदस्य रहेका छन ।
प्रकाशित मिति: २०२५-०७-१४ , समय : ०६:२३:५४ , 10 hours अगाडि