सप्तरीको सप्तकोशी नगरपालिकामा पालिकास्तरीय परियोजना सल्लाहकार समितिको वैठक

मिति: २०२५-०७-२० , समय : २१:४४:११ , गामघर डेस्क

तस्बिर : परमेश्वर झाकाे सहयोगमा / गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकामा नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा नगरपालिका स्तरीय परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । उक्त अवसरमा सबल नेपाल तथा समावेशी अपाङ्ग संघ सप्तरीद्धारा संचालित अपाङ्गता समावेशि विपद जोखिम न्युनिकरण परियोजनाको हाल सम्मको प्रगति वारे तथा आगामि क्रियाकलापहरुको वारेमा जानकारी परियोजनाको संयोजक मनिष महर्जनद्धारा गरीएको थियो ।
सबल नेपालले सिविएम ग्लोवलको सहयोगमा सप्तरी जिल्लाको दुईवटा पालिकाहरु क्रमशः सप्तकोशी नगरपालिका तथा तिलाठि कोईलाडि गाँउपालिकामा सप्तरी अपाङ्ग संघ संगको सहकार्यमा अपाङ्गता समावेशी विपद जोखिम न्युनीकरण परियोजना सन् २०२४ को डिसेम्बर देखि संचालनमा ल्याएको छ । यस परियोजनाको मुख्य उद्देश्य भनेको ग्रामिण समुदायहरु समावेशी तरिकाले विपदको पुर्वत्यारी एवं प्रतिकार्य गर्न सक्षम हुनुको साथै स्थानीइ सरकारमा समावेशी विपद व्यवस्थापन प्रणाली एवं संयन्त्रहरु हुनु जसले समुदायहरुलाई विपदको पुर्वत्यारी, प्रतिकार्य गर्न सक्षम बनाउनुका साथै लक्षित समुदायहरु विपदको सामना गर्न वढि उत्थानशील हुनु हो ।
कार्यक्रम शुरुवात देखि ६ महिना भित्र भएका गतिविधिहरु, कार्यक्रमहरु संचालन गर्दा आएका चुनौतिहरु आगामि क्रियाकलापहरु लगायत पालिका संगको आगमि सहयोग, समन्वय तथा अनुगमन लगायतको विषयमा छलफल गर्नु आजको मुख्य उद्देश्य रहेको थियो भने सोहि अनुसार कार्यक्रम पनि संचालन गरिएको थियो । नगरप्रमुखको अध्यक्षतामा वसेको उक्त वैठकमा नगर उपप्रमुख, सबल नेपालका अध्यक्ष जुना गिरी, सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ, समावेशी अपाङ्ग संघ सप्तरीका अध्यक्ष सतिसचन्द्र झा, कार्यक्रम व्यवस्थापक परमेश्वर झा लगायत पालिका का विभिन्न शाखाहरु का प्रमुखहरु तथा परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा पालिका स्तरीय आत्म निर्भर समितिको गठन समेत गरिएको छ । १ देखि ११ वटै वडामा गठन भएका वडा स्तरीय आत्मनिर्भस समितिहरुको तर्फबाट एक जना महिला तथा एक जना पुरुष गरी २२ जना एवं पालिका स्तरीय सम्बन्धीत शाखाहरुको प्रमुखहरु सहितको २५ जना समितिको गठन गरीएको छ ।

प्रकाशित मिति: २०२५-०७-२० , समय : २१:४४:११ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित