सप्तरीमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएकालेे खाँडो नदीबाट सिंचाइ गरिने
मिति: २०२५-०७-२२ , समय : २१:४४:५० , गामघर डेस्क
मिति: २०२५-०७-२२ , समय : २१:४४:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरी लगायत मधेस प्रदेशका जिल्लामा साउनको पहिलो साता वित्न लाग्दा पनि पानी नपर्दा खडेरीले धान खेती प्रभावित भएको छ । लामो समयदेखि खडेरीले धान खेती प्रभावित भएपछि सप्तरीको रुपनी गाउँपालिकामा खाँडों नदीबाट सिंचाइको सम्भाव्यता अध्ययन गरी किसानको खेतमा पानी ल्याउने योजना बनाइएको हो । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव नेतृत्वका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरुले मंगलबार खाडो नदीबाट सिंचाइको सम्भाव्यता अध्ययन गरी किसानको खेतमा पानी पुर्याउने योजना अगाडी सारिएको छ ।
सप्तरीको रुपनी गाउँपालिका वडा न. १,२ र ५ मा सिंचाइ सुविधा पु¥याउनका लागि तत्काल गर्न सकिने कामको बारमो अध्ययन गरि तत्काल काम सुरु गर्ने उदेश्यले अनुगमन गरिएको रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले मधेसका जिल्लाहरुमा पानीको सतह धटेको कारण टयुवेल, बोर्डिङहरु लगायतमा पानीको सतह गहिरिएकोले खाँडो नदीबाट सिंचाइको सम्भाव्यता अध्ययन गरिएको बताउनु भयो । गाउँपालिका अध्यक्ष यादवले तत्काल जमिनलाई रिचार्ज गर्न खाँडो नदीको पानीलाई सिंचाइको रुपमा प्रयोग गर्न रुपनी गाउँपालिका, सिंचाइ डिभिजन कार्यलय, खाँडो नदी नियन्त्रण आयोजना कार्यालयको सहयोग र सहकार्यमा तत्काल नकटी पैनी,बघाखाल पैनी,रायपुर पैनी,पौवा लौवापार पैनी,बसपिटी कुमरौल पैनी संचालन गर्ने,,दुधैला नदी नियन्त्रण गरि वडा नम्बर ६ स्थित जगमोहन, तेरहौता समेतलाई सिचाइको लागि अबिलम्ब काम सुरु गर्ने निर्णय भएको बताउनु भयो ।
अनुगमन तथा सम्भाव्यता अध्ययन टोलीमा रुपनी गाउँपालिका अध्यक्ष यादव,सिंचाइ डिभिजन कार्यलय सप्तरीका प्रमुख रमन साह,खांँडो नदि नियन्त्रण आयोजना कार्यलय सप्तरीका नि.प्रमुख चन्द नारायण यादव , नेपाली कांग्रेस रुपनी गाउँपालिका सभापति सुगम्बर यादव, लगायतका सहभागी थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले सिंचाइ तथा खानेपानी समस्या समाधान गर्न पहल गरिदिन भन्दै प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादवलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
यसैविच कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले ३५ प्रतिशत मात्र धान रोपाइँ भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार सप्तरीको दक्षिणी भेगमा पश्चिमी कोशी नहरको सिँचाइ पुगेका जग्गामा ६० प्रतिशत, मध्य भागमा कोशी पम्प नहरको सिँचाइ पुगेका जग्गामा ३२ प्रतिशत र उत्तरी भेगमा बोरिङ मोटरको प्रयोगबाट सिँचाइ गरी १५ प्रतिशत धान रोपाइँ भएको जानकारी दिनुुभयो । उहाँले जिल्लामा खेतीयोग्य ८१ हजार ६ सय ६८ हेक्टर रहेको छ भने धान खेती ६८ हजार हेक्टरमा हुँदैआएको जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-०७-२२ , समय : २१:४४:५० , 9 hours अगाडि