रक्षक नै भक्षक : जब ट्राफिक प्रहरीकै एसपी चाेरीकाे गाडी चढन थालेपछि ….

मिति: २०२५-०८-२१ , समय : २३:४९:०७ , गामघर डेस्क

तस्बिर : यो गाडी चाेरीकाे हो ।

गामघर डेस्क

जनकपुरधाम । चाेरीका सवारीसाधन पक्राउ गरेपछि भन्सार बुझाउनु पर्ने कानुनी व्यवस्था छ । भन्सारमा बुझाए पछि भन्सारले लिलाम गर्छ र देशलाई राजश्व प्राप्त हुन्छ । तर प्रहरीले नै चाेरीकाे साधन पक्राउ गरेर भन्सार नबुझाई आंफुले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ । मधेस प्रदेशको बाराको पथलैया स्थित ट्राफिक प्रहरीका प्रमुख एसपी राजकुमार सिलवालले चाेरीकाे स्कारपियाे गाडी पक्राउ गरेर भन्सार नबुझाई व्यक्तिगत रूपमा प्रयोग गरिरहेका छन् । स्मरण रहाेस , जब तपाईं हामी सर्वसाधारणले बिना सवारीसाधन कागज अर्थात ब्लुबुक र सवारीसाधन चालक अनुमती पत्र बिना सवारीसाधन चलाउदा दर्जनौं ठाउँमा चेकजाचमा परिन्छ , नत्र अलिकति पनि ट्राफिक नियम उल्लघन गरेकोमा दण्ड र जरिवाना तिर्नुपर्छ , तर यसरी ट्राफिक प्रहरीले खुलेआम चाेरिकाे पनि सवारीसाधन चलाउन पाइन्छ ।

प्रकाशित मिति: २०२५-०८-२१ , समय : २३:४९:०७ , 3 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित