जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो : आन्दोलनमा ज्यान गुमाएकाहरुको शव परिवारलाई बुझाइयाे
मिति: २०२५-०९-१२ , समय : १६:२८:११ , गामघर डेस्क
मिति: २०२५-०९-१२ , समय : १६:२८:११ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
यता जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण थालिएको छ । महाराजगंज मेडिकल क्याम्पसमा शव परीक्षणपश्चात प्रहर परिवारलाई हस्तान्तरण गरेको हो ।
जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।
मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए । यता आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् ।
प्रकाशित मिति: २०२५-०९-१२ , समय : १६:२८:११ , 4 hours अगाडि