सप्तरीको हनुमाननगरमा करेन्ट लागेर एक कर्मचारीकाे मृत्युु
मिति: २०२५-०९-३० , समय : १८:४७:२५ , गामघर डेस्क
मिति: २०२५-०९-३० , समय : १८:४७:२५ , गामघर डेस्क
मृतक कर्मचारी
गामघर डेस्क
हनुमाननगर । दैनिक ज्यालादारीमा कार्यरत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा न.९ घर भएका एक जना कर्मचारीकाे मृत्युु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय दिनेश सुतिहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुतिहारले हनुमाननगर कङ्कालिनी नगरपालिका-१२ मा विद्युतको पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेपछि उहाँलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०९-३० , समय : १८:४७:२५ , 2 months अगाडि