सप्तरीको राजविराजमा हिन्दु–मुश्लिमबिच भएको विवाद समाधान
मिति: २०२५-१०-०७ , समय : २१:०९:३० , गामघर डेस्क
मिति: २०२५-१०-०७ , समय : २१:०९:३० , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज ।
यस अधि भएको निर्णय कार्यान्वयन गर्ने सहमति पछि सप्तरीको राजविराजमा भएको हिन्दु–मुश्लिम विवाद समाधान भएको छ ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर २ गुलाव ग्यारेज अगाडिको जग्गामा दुई समुदायबीच विवाद भएको थियो । हिन्दु समुदायले उक्त जग्गामा दीपावली पर्व मनाउन भन्दै बजरंगबलीको झन्डा गाडेपछि मुश्लिम समुदायले विवाद गरेका थिए । मुश्लिम समुदायले आफुहरु उक्त जग्गामा मोहररम पर्व मनाउँदै आएको र धार्मिक भावनामा चोट पुगेको भन्दै रोक्न जाँदा दुबै पक्षबीच झडप नै भएको थियो । 
एेलानी जग्गा रहेको यस ठाउँमा मुश्लिम समुदायले मोहरम पर्व मनाउदै आएकोमा गत असारमा स्थायी संरचना निर्माण गरेको थियो । राजविराज नगरपालिकाले मुश्लिम समुदायका लागि संरचना निर्माण गरिदिएपछि त्यस बेला हिन्दु समुदायले बिरोध गरेको थियो ।
हिन्दुको विरोध पछि जिल्ला प्रशासन कार्यालयमा गत असार २० गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकले उक्त स्थायी संरचना हटाउने निर्णय भएको थियो । 
मंगलबार भएको झडपपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले गत २० गते असारको निर्णय कार्यान्वयन गर्ने निर्णय भएको छ । मगलवारको बैठकले असोज २२ गते बुधबारसम्म उक्त संरचना राजविराज नगरपालिकालाइ हटाउने जिम्मेवारी दिइएको निर्णय गरेको छ । उक्त ठाउँमा अन्य व्यक्तिहरूले राख्दै आएको सबारीसाधन आफैं हटाउने निर्णय बैठक्ले गरेको छ ।
यस्तै, बैठकले हिन्दु समुदायले पनि उक्त ठाउँमा लक्ष्मी पूजा नगरी अर्को ठाउँमा गर्ने निर्णय भएको छ । यो जग्गामा कुनै पनि धर्म सम्प्रदाय झल्किने झण्डा पनि नराख्ने निर्णय भएको छ ।
यी निर्णयपछि दुबै पक्षबीच सहमति भै विवाद समाधान भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-१०-०७ , समय : २१:०९:३० , 2 months अगाडि