मानव अधिकारको क्षेत्रमा क्रियाशील सप्तरीका तीनजना अधिकारकर्मी सम्मानित
मिति: २०२५-१२-१२ , समय : १३:४९:११ , गामघर डेस्क
मिति: २०२५-१२-१२ , समय : १३:४९:११ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
सप्तरीका मानव अधिकारको क्षेत्रमा क्रियाशील ३ जना सम्मानित भएका छन् । सम्मानित हुनेमा सप्तरीका अधिकारकर्मी तथा पत्रकार वैद्यनाथ झा, अधिकारकर्मी मनोहर पोखरेल र एकल महिला अधिकारकर्मी विमला पराजुली रहनु भएका हुन् ।
महिला मानव अधिकार संजाल मधेस प्रदेशद्वारा राजविराजमा शुक्रबार सम्वाद कार्यक्रममा उहाँहरुलाई सम्मान गर्नु भएको हो ।
महिला मानव अधिकार संजाल मधेस प्रदेशकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षता तथा प्रमुख अतिथि सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीश किशोर घिमिरेले सम्मान पत्र प्रदान गर्नुहुदै दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गर्नु भयो ।
आ–आफ्नो क्षेत्रबाट मानव अधिकार रक्षाका लागि अतुलनीय योगदान दिनुभएकोमा उहाँहरुको उच्च मुल्यांकन गरि सम्मान गरिएको महिला मानव अधिकार संजाल मधेस प्रदेशकी अध्यक्ष देवकोटाले बताउनु भईन ।
यसरी सम्मानित हुनेहरुमा झा पत्रकारिता क्षेत्रमा चार दशक देखि क्रियाशील छन् भने पोखरेल मानव अधिकार तथा पत्रकारिताको क्षेत्रमामा निरन्तर काम गर्नुहुदै हाल इन्सेक कोशी प्रदेश संयोजकमा कार्यरत छन् । त्यस्तै पराजुली एकल महिला मानव अधिकार संजालकी पूर्व केन्द्रीय उपाध्यक्ष एवम् सप्तरी जिल्ला संस्थापक अध्यक्ष हुनुहन्छ।
प्रकाशित मिति: २०२५-१२-१२ , समय : १३:४९:११ , 1 hour अगाडि