सप्तरी–२ बाट सिके राउत, राजेन्द्र महतो, उपेन्द्र यादव र उमेश यादवको नाम उम्मेदबारमा सिफारिस
मिति: २०२५-१२-२७ , समय : २०:१७:०८ , गामघर डेस्क
मिति: २०२५-१२-२७ , समय : २०:१७:०८ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज ।
अगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागी सप्तरी–२ बाट सिके राउत, राजेन्द्र महतो, उपेन्द्र यादव र उमेश यादव लगायतको नाम उम्मेदबारमा सिफारिस भएको छ ।
सप्तरी क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा. सिके राउत,नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य उमेश कुमार यादव र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम सिफारिस भइसकेको छ । पार्टीहरुका क्षेत्रिय समितिहरुले सिके राउत, राजेन्द्र महतो, उपेन्द्र यादव र उमेश यादवकाे नाम सिफारिस गरेका हुन् । 
२०७९ सालको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित भएका थिए ।
प्रकाशित मिति: २०२५-१२-२७ , समय : २०:१७:०८ , 3 hours अगाडि