पूर्वमन्त्री उमेश यादवको सप्तरीबासिहरुकाे लागि आठ बुदे प्रतिबद्धता

मिति: २०२६-०१-०४ , समय : १५:१९:१७ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार सिफारिस भएका पूर्वमन्त्री उमेश कुमार यादवले आठ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस भएपछि सक्रिय देखिएका उहाँले आइतबार आफू उम्मेदवार सुनिश्चित हुनुभन्दा पहिले नै आफनो धारणा सार्वजनिक गरी आठ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उहाँले जीत पछि टोल–टोलमा जनपरिषद गठन गरि आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाको समग्र विकासमा सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएका छन् ।
सप्तरीको जनताले फागुन २१ को निर्वाचनमा विजयी बनाएर अवसर दिनु भयो भने राजनीतिक रूपमा यस निर्वाचन क्षेत्रको आम जनतालाई नीति ,निर्माण कार्यमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार ‘संसदबाट समाजवाद आउन सक्ने ÷ नसक्ने कुरा जनताले प्रत्यक्ष आफैं महसुस गर्ने बताउनु हुन्छ।’ उहाँले ‘जनपरिषदको निर्णय अनुसार फिर्ता हुने प्रतिबद्धता गर्नुहुदै इतिहासको सच्चा निर्माता जनता नै हुनुहुन्छ भन्नु भयो ।’
निर्वाचन क्षेत्र भित्रका प्रत्येक घरधुरीका प्रत्येक नागरिकहरुलाई सहभागिता हुने गरि जनपरिषदहरु गठन गर्ने, जनपरिषदको नियमित बैठक बसाइने, जनपरिषदहरुले स्थानीय मुद्दा देखि राष्ट्रिय एबम अन्तर्राष्ट्रिय राजनीतिक ,आर्थिक ,पलायनता,बेरोजगारी ,विभेद,पर्यावरण ,कृषि,सिचाई, लगायतका मुद्दामा छलफल गरेर निष्कर्षमा पु¥याइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।जनपरिषदहरुले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई निगरानीमा राख्नुका साथै सुझाव ,सल्लाह र निर्देशन दिने उहाँले दाबी गर्नु भयो ।
यसैगरी “जनपरिषद मार्फत आम जनता प्रत्यक्ष रूपमा राष्ट्रिय राजनीतिकको सवाल देखि नीति ,निर्माणको प्रक्रियामा सहभागिता जनाउने थितिको बिकास गरिने प्रतिबद्धता व्यक्त गर्नुहुदै जनप्रतिनिधिसङ्गको जीवन्त सम्बन्ध ,जनताको निगरानीमा नियमित बस्ने तथा जनताको निर्देशनलाई नीति ,निर्माण गर्ने तहसम्म पु¥याउने कामले मनपरी तन्त्रलाई रोक्ने बिधिको शुरुवात गर्नुका साथै निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिले बदमासी गर्न थालेपछि निर्वाचनमा देखाइ दिने भनेर पर्खिने जनताको प्रतीक्षालाई अन्त्य गरिने बताउनु भयो । उहाँले जनपरिषदहरुको निर्णयको पालनाले प्रतिनिधिसभामा जनताको धरातलीय यथार्थको विषय प्रवेश गराइने आठ बुँदे प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।
उहाँले आफुलाई आलोचनात्मक सुझावसहित हौसला प्रदान गरि सहयोग गरेको भन्नुहुदै धन्यवाद व्यक्त गर्दै नयाँ अभ्यासमा साथ सहयोग,समर्थनका लागि अपिल समेत गर्नु भएका छन् ।
उहाँले स्वस्थ आलोचनाको स्वागत गर्नुहुदै ‘जनताको निगरानीमा बस्ने मेरो प्रतिबद्धता तथा नयाँ अभ्यासको लागि सप्तरीको जनतासंग विनम्र अपील गर्नु भएको छ ।
उहाँले नवयुवा ,युवा ,प्रौढ ,किसान ,मजदुर ,विद्यार्थी ,ब्यबसायी ,पेशागत सबै क्षेत्रका,सबै उमेर समुहका मानिसहरुको प्रत्यक्ष सहभागिताले जनप्रतिनिधि सबैको बन्नुपर्छ भन्ने ब्यबहारिक कार्यान्वयन हुन्छ र लोकतान्त्रिक प्रणालीलाई ,जनताको सर्वोच्चतालाई स्थापित गराउन महत्त्वपूर्ण कदम साबित हुने बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०१-०४ , समय : १५:१९:१७ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित