सप्तरी २ बाट उज्यालो नेपालका नेता डा. चौधरीले उम्मेदवारी दिने
मिति: २०२६-०१-१३ , समय : २१:१४:४२ , गामघर डेस्क
मिति: २०२६-०१-१३ , समय : २१:१४:४२ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी उज्यालो नेपाल पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट डा. दिपक चौधरीले उम्मेदवारी दिने घाेषणा गर्नु भएको छ । डा. चौधरी उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१३ स्थित बिषहरिया निवासी डा. चौधरीलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी अगाडि बढाएको जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले बताउनु भयो ।
२० बर्षको प्रशासनिक तथा व्यवस्थापकीय लामो अनुभव भएका डा. चौधरी तराई मधेसलाई नजिकबाट बुझेको विकासविद, लेखक, सामाजिक अभियानताको रुपमा चिनिन्छ ।
डा. चौधरीको उम्मेदवारीको चर्चा अहिले राजनीति बृतमा उच्च रहेको छ । दुई राष्ट्रिय पार्टीका प्रभावशाली उम्मेदवारको नाम सप्तरी २ बाट सिफारिस हुँदा नयाँ पार्टी र नयाँ उम्मेदवारको विषयमा चियापसलहरुमा चर्चा हुन थालेको छ । यसले सप्तरीको चुनावी माहोल बढेर गएको देखिन्छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको नाम उम्मेदवारको रुपमा पार्टीले सिफारिस गरिसकेको छ ।
निबर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे परेको छ भने यादव गुमेको शाख फर्काउने कसरतमा छन् । त्यस क्षेत्रका जनताले दोहो¥याएर प्रतिनिधि छनौट गर्न नरुचाउने इतिहासले पनि डा. चौधरीको उम्मेदवारीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजनीति तरंगीत बनेको छ ।
प्रकाशित मिति: २०२६-०१-१३ , समय : २१:१४:४२ , 2 days अगाडि