प्रतिनिधिसभा निर्वाचनका लागि ३२ दिन बाँकी : १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ

मिति: २०२६-०२-०१ , समय : ०८:५४:५६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको लागि ३२ दिन बाँकी रहेको छ । दलहरुको चुनावी गतिविधि बढेको छ भने आयोगले प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम पुरा गरेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: २०२६-०२-०१ , समय : ०८:५४:५६ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित