जसपा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिप्रणालीको पक्षमा : उपेन्द्र यादव
मिति: २०२६-०२-०२ , समय : ०८:४०:५४ , गामघर डेस्क
मिति: २०२६-०२-०२ , समय : ०८:४०:५४ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
जनता समाजवादीपार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गर्नु भएका छन् ।
पार्टी अध्यक्ष एवं सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार यादवले आइतबार चुनावी अभियानको क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिप्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको स्पष्ट पार्नु भएका हुन् ।
चुनाव प्रचार प्रसारमा अध्यक्ष यादवले पटक पटक सरकार फेरिने, मन्त्रीहरू बदलिने र नीति तथा योजना अलपत्र पर्ने अवस्था अब सह्य नभएको बताउनु भयो । उहाँले देशलाई स्थिर, जवाफदेही र जन उत्तरदायी शासन प्रणालीको खाँचो रहेको दावी गर्नु हुदै त्यसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भइसकेको बताउनु भयो ।
उहाँले संसदीय अभ्यासमा गठबन्धन सरकारहरूको अस्थिरताले विकास निर्माण, सुशासन र आर्थिक सुधारलाई गम्भीर असर पारेको बताउनु हुदै पाँचवर्षे कार्यकाल पूरा गर्न नसक्ने सरकारहरू, सत्ताको जोड घटाउमा अल्झिने राजनीति र नीतिगत निरन्तरताको अभावकै कारण जनतामा गहिरो निराशा बढेको बताउनु भयो । 
अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले शासनलाई स्थिर बनाउने मात्र नभएर जनता प्रति प्रत्यक्ष उत्तरदायी पनि बनाउँछन । राष्ट्रपति जनताले सिधै चुन्ने भएपछि शक्तिको स्रोत पार्टी होइन, जनता नै हुन्छन्। जनताले चुनेको राष्ट्रपतिको पहिलो उत्तरदायित्व जनता प्रति हुन्छ, सरकार टिकाउन सत्ता–सम्झौता प्रति नभएर जनता प्रति हुने बताउनु भयो ।
जसपा नेपालले प्रस्ताव गरेको प्रणालीमा संसद् पूर्ण रूपमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुने, यसले गर्दा मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चितगर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । 
शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरणगर्नु हुदै उहाँले धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण रहेकोले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको बताउनु् भयो । शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्नु हुदै उहाँले धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण रहेको बताउनु हुदै यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको बताउनु भयो ।उहाँका अनुसार नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र पर्ने चक्र दोहोरिँदा जनताले केही नपाएको बताउनु भयो ।
चुनाव नजिकिँदै जाँदा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा देशभर उठाउँदै आएको छ ।
प्रकाशित मिति: २०२६-०२-०२ , समय : ०८:४०:५४ , 2 days अगाडि