सप्तरीमा नेकपाको नगर स्तरीय प्रचार प्रसार समिति गठन
मिति: २०२६-०२-०२ , समय : २१:१४:४२ , गामघर डेस्क
मिति: २०२६-०२-०२ , समय : २१:१४:४२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीको नगर स्तरीय प्रचार प्रसार समिति गठन गरेको छ ।
सो कमिटी केदार देव संयोजक र राजेश चौधरी सहसंयोजक रहेको १ सय ५ सदस्यीय नेपाली कम्युनिष्ट पार्टीको नगर स्तरीय प्रचार प्रसार समिति गठन गरेको हो । 
सो अवसरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रिय सदस्य सुर्यनाथप्रसाद यादव(सुभाष), केन्द्रिय सदस्यहरु अशोककुमार मण्डल,प्रताप नारायण चौधरी,शिवराम यादव,निरञ्चन झा,अनारदेवी चौधरी,लक्ष्मी चौधरी(ज्योती), पार्टीका प्रकाशन तथा प्रसारण विभागका सदस्य पत्रकार देवराम यादव, पत्रकार धु्रवकुमार मण्डल,दिनानाथ यादव,मुसलिम संधका जिल्ला संयोजक मो.डोमन, बिनोदकुमार यादव,मो. गनी, लगायतको उपस्थिती रहेको थियो । सहभागीहरुले नेपाली कम्युनिष्ट पार्टीका उम्मेवारलाई तारा चिन्हमा आफनो अमुल्य मत दिएर विजय बनाउन आग्रह गर्नु भयो ।
प्रकाशित मिति: २०२६-०२-०२ , समय : २१:१४:४२ , 1 day अगाडि