बालेन शाह झापा पुगे : बालेनलाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण
मिति: २०२६-०२-०२ , समय : २२:०५:३६ , शुभ नारायण यादव
मिति: २०२६-०२-०२ , समय : २२:०५:३६ , शुभ नारायण यादव
तस्बिर : शुभ नारायण / गामघर टिभि
शुभ नारायण यादव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचारप्रसारका लागि सोमबार झापा पुगेका छन् । बालेन्द्रसहितको टोली सोमबार झापा गएको हो ।
आगामी निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दिएका शाहले ६ माघमा मनोनयन दर्ता गरेपछि केही दिन दमकमा बसेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए । त्यसपछि उनी पूर्वी पहाडी जिल्लाहरूको भ्रमणमा निस्किएका थिए ।पूर्वी दौडाह पूरा गरेपछि काठमाडौं फर्किएका शाहले सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत चुनावी कार्यक्रम सञ्चालन गरेका थिए।सचिवालयका अनुसार, पुनः झापा फर्किएका शाह अब केही दिन दमकमै रहेर कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ।शाह देशव्यापी चुनावी दौडाहमा रहेका बेला झापा–५ मा उनकी पत्नी सबिना काफ्लेले पनि मतदातासँग भेट गरी चुनावी अभियानलाई निरन्तरता दिएकी थिइन्।
यता निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै बालेन शाहलाई दोस्रो पटक पनि स्पष्टीकरण सोधेको छ ।आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ का उमेदवार बालेन्द्र शाहलाई आयोगले आइतबार दोस्रोपटक स्पष्टीकरण सोधेको बताएका छन् ।
सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने व्यहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो रु भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।योगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको छ ।

जसका बाजुरामा रास्वपाका उम्मेदवार हेमराज थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको छ
यस्तै नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ का उम्मेदवार माधव सापकोट, रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ ।आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम सबैसंग तीन दिनभित्र जवाफ माग गरेको छ ।
प्रकाशित मिति: २०२६-०२-०२ , समय : २२:०५:३६ , 1 day अगाडि