सप्तरीको छिन्नमस्तालाई सास्ंकृतिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने : डा.चौधरी
मिति: २०२६-०२-०३ , समय : १७:१७:२८ , गामघर डेस्क
मिति: २०२६-०२-०३ , समय : १७:१७:२८ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
छिन्नमस्ता ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा.दिपक चौधरीले छिन्नमस्ता र राजबिराजलाई जोडेर सास्ंकृतिक पर्यटकीय नगरीको रुपमा विकास गरीने बताउनु भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मंगलबार उज्यालो नेपाल पार्टीको पालिका स्तरीय कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएका हुन् ।
डा. चौधरीले छिन्नमस्ता र राजबिराजलाई जोडेर साँस्कृतिक पर्यटकीय नगरीको रुपमा विकास गर्नकालागि आफू प्रयासरत रहने र यसबाट यस क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने दावी गर्नु भयोे । उहाँले आसन्न निर्वाचनमा जनताले हाम्रो भन्दा राम्रो र योग्य नयाँ अनुहार छान्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा ललित यादवको नेतृत्वमा ११ सदस्यीय छिन्नमस्ता गाउँपालिका कमिटी गठन गरिएको छ । संयोजक ललित यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा उज्यालो नेपाल पार्टी सप्तरीका संयोजक डा. सूर्य प्रसाद यादव, सल्लाहाकारहरु सुधारकर सिंह र अजित चौधरीले राम्रो उम्मेदवारको छनौटबाट मात्र सप्तरीको विकास सम्भव हुने बताउनु भयो ।
प्रकाशित मिति: २०२६-०२-०३ , समय : १७:१७:२८ , 15 hours अगाडि