निर्वाचन विशेष : सप्तरीमा चुनावी छलफल र भेंटघाटलाई जसपाका अध्यक्ष उपेन्द्र यादवद्धारा तीव्रता

मिति: २०२६-०२-०३ , समय : १७:२५:४६ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा चुनावी छलफल र भेंटघाटलाई तीव्रता दिनु भएको छ ।
यसैक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गर्नु भएका हुन् । यसअघि उहाँ जसपा नेपालकी केन्द्रिय सदस्यको जिम्मेवारीमा थिइन् । जसपा नेपाल विभाजन हुँदा उहाँ पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् । उहाँ थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघकी मधेश प्रदेशकी उपाध्यक्ष समेत हुन् ।
पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार कलाकारिता क्षेत्रमा सक्रिय रहँदैआउनु भएका थारु नेता गोपाल प्रसाद चौधरी समेत पार्टी प्रवेश गर्नु भएका छन् । युवा नेता शिवशंकर यादव ‘शिवम’ समेत जसपा नेपाल प्रवेश गरेका छन् । पार्टी विभाजन हुँदा उहाँ अशोक राई नेतृत्वको जसपामा लाग्नु भएका थिए । मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका उहाँको प्रवेशले यूवा सङ्गठनमा थप उर्जा मिल्ने नेता साहले बताउनु भयो ।
विगतका सहकर्मीहरु पुनः आफ्नै पुरानै घर जसपा नेपालमा धमाधम घर फर्किन थालेकोमा पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्नुहुर्दै खुशी व्यक्त गर्नु भएका छन् । शोषित उत्पीडित एवम् विभेदमा पारिएका जाती तथा समुदायको हक अधिकार तथा विकास र समृद्धिको स्पष्ट भिजन भएको पार्टी जसपा नेपाल नै भएको बताउनुहुँदै उहाँे मधेश विद्रोहबाट प्राप्त उपलब्धीहरुलाई समाप्त पार्न विभिन्न तत्वहरु सक्रिय रहेकोले त्यस विरुद्ध एकतावद्ध भएर अगाडी बढ्न समेत आह्वान गर्नु भयो ।
यसैगरी मङ्गलबार सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६, बरदाही दलित बस्तीमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा नेपाली कांग्रेसका सकल देव राम र जनमत पार्टीका सीयाराम रामको नेतृत्वमा करिब पाँच दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेको पार्टीका केन्द्रीय नेता बिदेश्वर प्रसाद यादव ‘बिक्की’ले जानकारी दिनु भएका छन् ।

प्रकाशित मिति: २०२६-०२-०३ , समय : १७:२५:४६ , 14 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित