निर्वाचन विशेष : सप्तरी –३ मा राप्रपा उम्मेदवार उम्देश्वर साहको जनभेटघाट, शिक्षा–स्वास्थ्य र सुशासनमा जोड
मिति: २०२६-०२-०४ , समय : ०७:५६:१२ , उमेश कुमार साह
मिति: २०२६-०२-०४ , समय : ०७:५६:१२ , उमेश कुमार साह
तस्बिर : उमेश कुमार साहकाे सहयोगमा
उमेश कुमार साह
सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी जिल्ला अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उम्देश्वर प्रसाद साहले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
भेटघाटका क्रममा उम्मेदवार साहले स्थानीय बासिन्दासँग संवाद गर्दै क्षेत्रका शिक्षा, स्वास्थ्य सेवा र सुशासनसँग सम्बन्धित समस्या तथा चुनौतीबारे जानकारी लिएका छन। स्थानीयवासीहरूले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा पारदर्शी र जवाफदेही प्रशासनको आवश्यकता औँल्याएका थिए।
सो अवसरमा साहले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रलाई सुदृढ नगरी समग्र विकास सम्भव नहुने बताए । उनले जनमुखी नीति, भ्रष्टाचारमुक्त प्रशासन र प्रभावकारी सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास र साथ पाएमा यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२६-०२-०४ , समय : ०७:५६:१२ , 2 hours अगाडि