राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरी सहित ९ जनालाई सोधपुछको लागि उपस्थित हुन पत्राचार

मिति: २०२६-०२-०५ , समय : २२:२७:०१ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरी सहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले सोधपुछको लागि शुक्रवार उपस्थित हुन पत्राचार गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ५ स्थित रहेको श्री कान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरी, रामसागर मण्डल, सत्येन्द्र कुमार मण्डल, कन्दीदेवी सदा, कविता सिंह, श्यामला देवी मण्डल, दुखरन मण्डल, सुभाष कुमार साह र योगेन्द्र प्रसाद मेहतालाई उजुरीको अनुसन्धान सम्बन्धमा सोधपुछ बयान लिनुपर्ने भएकोले शुक्रवार उपस्थित गराई दिन डाक्नेश्वरि नगरपालिकालाई अख्तियारले आग्रह गरेको हो ।
सो विद्यालयको विद्यालय भवन निर्माण कार्य समेतमा भ्रष्टाचार गरेको व्यहोराको यस कार्यालयमा दर्ता भएको उजुरीको आधारमा छानबिन गरिरहेको आयोगले जनाएको छ । आयोगले पत्राचार गरेको पत्रमा रास्वपा उम्मेदवार चौधरी सहित अन्य आठ जनालाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनेर सम्बोधन गरेको छ ।
रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बखत आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर नेकपा एमाले सँहित केही पार्टीका उम्मेदवारहरु विभिन्न जालझेल प्रपञ्च र झुठा आरोप लगाउन थालेको दाबी उम्मेदवार चौधरीले गनुैहुर्दै चुनावी मुखमा मेरो चरित्र हत्या गर्न तथा म विरुद्ध जनमत सृजना गर्न भ्रामक प्रचार गरिरहेको प्रतिक्रिया दिनु भएका छन् ।
उहाँले विद्यालय स्थापना तथा संचालनमा आफ्नो परिवारले निकै जग्गा दान दिएको र दुई महिना अघि पनि विद्यालयको लागि आवश्यक रहेको थप जग्गा समेत दान स्वरुप मालपोत कार्यालय सप्तरीबाट रजिष्टे«ेशन एक महिना अगाडी गरेको बताउनुहुदै अख्तियारले प्रचार प्रसारको बेलामा आफु विरुद्ध पत्र काट्नुलाई उपयुक्त समय नभएको भनि टिप्पणी समेत गर्नु भयो ।
उहाँले यसै मुद्दामा यस अघि पनि अख्तियारमा बयान दिई सकिएको बताउनुहुदै मेरो काका नातामा पर्ने एमालेका उम्मेदवार आतिएर मलाई प्रचार प्रसार गर्न नदिने खेलमा लागेको समेत दाबी गर्नु भयो ।

प्रकाशित मिति: २०२६-०२-०५ , समय : २२:२७:०१ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित