सप्तरी जिल्लामा खुलेआम आचारसंहिताको उल्लंघन : सम्बन्धित निकाय बेखबर

मिति: २०२६-०२-०८ , समय : १६:०४:१७ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लामा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै शुक्रबार प्रमुख निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेवि संघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
निर्वाचनलाई स्वच्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ ध्यानाकर्षणपत्र बुझाइएको संघका अध्यक्ष ठाकुरले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
जिल्लाका विभिन्न स्थानहरुमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वया), जसपा, स्वाभिमान पार्टी लगायतका दलहरुबाट आचारसंहिता विपरीत गतिविधिहरु भइरहेको, व्यानर र झण्डाको दुरुपयोग, सार्वजनिक स्थल तथा विद्युतको पोल एवं निजी घरहरुमा तोकिएको मापदण्ड विपरीतका ठूला व्यानर र झण्डाहरुको व्यापक प्रयोग भइरहेको ध्यानाकर्षण पत्रमा दाबी गरिएको छ ।
यस्तै प्रचार–प्रसारका नाममा ठूला–ठूला साउन्ड सिस्टम, माइक लगायतको प्रयोगले ध्वनि प्रदूषण भइरहेको तथा त्यसले जनजीवन प्रभावित पारेको पत्रमा उल्लेख छ ।
नेविसंघले ध्यानाकर्षणपत्र बुझाए लगत्तै अनुगमनको क्रममा निर्वाचन अनुगमन टोलीले राजविराजस्थित गजेन्द्र चौकमा बसमा भुण्ड्याइएको उज्यालो नेपाल पार्टीको ब्यानर ब्यानर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आफै निकालेका छन् । यस्तै सोही स्थानामा एक स्कारपियोबाट जसपा नेपालको झण्डा र ब्यानर समेत हटाउन लगाइएको छ । सोही स्थानबाट निर्वाचन अनुगमन टोलीले एक गाडीबाट रास्वपाको झण्डा समेत हटाउन लगाएको छ ।
यता निर्वाचन आयोगले फागुन ४ गतेदेखी १८ गतेसम्मका लागि खुल्ला रुपमा प्रचार प्रसारका साथै झण्डा, तुल, पर्चा, पम्प्लेट बितरण तथा टास गर्न भनेको छ । तर अहिले जिल्लामा व्यापक रुपमा आचारसहिताको उलंघन भइरहेकोको गुनासो आएपछि अनुगमन समितिले आचारसहिता पालना गर्न गराउन सक्रियताका साथ लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-०८ , समय : १६:०४:१७ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित