सप्तरीका दुई स्थानका सयौँ जना नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश
मिति: २०२६-०२-१४ , समय : ०९:३३:०० , गामघर डेस्क
मिति: २०२६-०२-१४ , समय : ०९:३३:०० , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा र राजविराज नगरपालिका–११ फर्सेठमा शुक्रबार विभिन्न पार्टी परित्याग गरी सयौँ जना जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशको लहरसँगै आगामी निर्वाचनमा डा. चन्द्रकान्त(सीके) राउत को पक्षमा जनमत थप मजबुत बन्दै गएको बताईएको छ ।
तिलाठी कोइलाडी–३ सकरपुराबाट विनोद राय, जगदेव राय, नितेश मण्डल, कैलु मण्डल, टुनटुन राय, परमानन्द राय, इन्दु मण्डल, निर्मला रायलगायत सयौँ जना जनमत पार्टीमा प्रवेश गरेका हुन् । प्रवेश अवसरमा पार्टीका नेता तथा अर्थमन्त्री महेशप्रसाद यादव, समानुपातिक उम्मेदवार कृष्णचन्द्र मण्डल, प्रेस जनमत संघका अध्यक्ष अबधेश झा, लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गराउनु भयो ।
यस्तै शुक्रबार राजविराज नगरपालिका–११ फर्सेठमा पनि विभिन्न पार्टी परित्याग गरी सन्तोष कुमार यादव, अशोक कुमार यादव र मुरलीधर यादवसहितका नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.सीके राउतले नवप्रवेशीलाई स्वागत गर्दै जनमत पार्टी मधेशको भरोसायोग्य राजनीतिक विकल्प बनेको बताउनु भयो ।
प्रकाशित मिति: २०२६-०२-१४ , समय : ०९:३३:०० , 19 hours अगाडि