निर्वाचन विशेष : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवको घरदैलो कार्यक्रम शुरु

मिति: २०२६-०२-१७ , समय : ०८:१४:०२ , गामघर डेस्क

गामघर डेस्क

राजविराज ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचारप्रसारका क्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा सोमबारदेखि घरदैलो कार्यक्रम शुरु गरेका छन् ।
प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उहाँ उम्मेदवार भएका हुन् । विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उहाँले घरदैलो कार्यक्रम शुरु गर्नु भएका छन् ।
पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार वडा नम्बर ७ कोे मझौरा, ब्रहम्पुर, सिंगिया, वडा नम्बर १ को कबिलासा, मधुबनी लगायतका गाउँहरूमा जसपा नेपालका अध्यक्ष यादवले घरदैलो कार्यक्रम गरेको बताउनु भयो । घरदैलो कार्यक्रमको क्रममा उहाँले आममतदाताहरुसँग भेंटघाट गर्दै संविधान संशाधन गरी बाँकी अधिकार प्राप्ति र विकासका लागि आफुसहित पार्टीलाई मतदान गर्न आग्रह गर्नु भएका छन् । घरदैलो कार्यक्रममा केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), राजेश्वर राय लगायतका नेताहरु सहभागी थिए ।
सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका , शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी कुल एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन् ।

प्रकाशित मिति: २०२६-०२-१७ , समय : ०८:१४:०२ , 21 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित