सप्तरीमा पूर्व सांसद डा.सूर्यनारायण यादवद्वारा कांग्रेस उम्मेदवार साहलाई समर्थन

मिति: २०२६-०२-१७ , समय : ०८:१८:५७ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीका तिरहुत गाउँपालिका वडा न. ४ डिमन निवासी पूर्व सांसद डा. सूर्यनारायण यादवले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नु भएका छन् ।२०७४ को चुनावमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित यादवले क्षेत्र नम्बर १ का कांग्रेसबाट उम्मेदवारी दिनु भएका रामदेव साहलाई समर्थन गरेका हुन् ।
उम्मेदवार साहलाई समर्थन गर्दै डा. यादवले मत समेत माग्न शुरु गरेका छन् । उहाँ साहको घरदैलो कार्यक्रमहरुमा समेत सहभागी हुन थालेका छन् । २०७४ को चुनावमा उहाँ तत्कालिन समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।डा. यादव केही समयमा कांग्रेस प्रवेशको तयारीमा समेत रहेको काँग्रेस उम्मेदवार साहले बताउनु भयो । अबको ‘कांग्रेस परिवर्तन भएर आएकोले मधेशको मुद्दालाई सम्बोधन गर्ने भएकोले कांग्रेसमा प्रवेश समेत केही दिनमा गर्ने बताउनु भयो ।
परिवर्तित कांग्रेसप्रति आकर्षित भएर समर्थन गरेको बताउनुहुँदै उहाँले मधेशवादको विषयमा पार्टीका अध्यक्ष गगन थापासँग पनि आफ्नो कुरा भएको बताउनु भयो ।

प्रकाशित मिति: २०२६-०२-१७ , समय : ०८:१८:५७ , 21 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित