निर्वाचन विशेष : नेकपाका उम्मेदवार सुभाष यादवद्वारा घरदैलो अभियान

मिति: २०२६-०२-१७ , समय : २०:१७:१३ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरी क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका सुर्यनाथ प्रसाद यादव(सुभाष)ले घरदैलोलाई तिब्रता दिएका छन् ।
उम्मेदवार यादवले बिहानदेखि बेलुकासम्म घरदैलौ गरिरहेका छन् । यसै क्रममा उहाँले मगलबार महादेवा गाउँपालिकाको १ अगाडी र बल्थी गाउँमा घरदैलो गरेका छन् ।
महादेवा गाउँपालिकाको वडा नम्बर १ को अगाडी र बल्थी गाउँका मतदातासँग भेटघाट गर्दै मत मागेका छन् । घरदैलोका क्रममा उहाँले यो क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धता जनाएका छन् ।
घरदैलोका क्रममा मतदाता आफूलाई मतदान गर्न उत्साहित देखिएको उहाँले बताउनु भयो । तत्कालीन माओवादीको जनयुद्ध समयदेखि कृयाशिल रहेका यादवले जेल नेलर मृत्यु या मुक्तीको लागी तत्कालीन नेकपा(माओवादी) मा सक्रियताका साथ लागेका व्यक्ति हुन् ।
सो अवसरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रिय सदस्य सुर्यनाथप्रसाद यादव(सुभाष), केन्द्रिय सदस्यहरु प्रताप नारायण चौधरी,लक्ष्मी चौधरी(ज्योती), पार्टीका प्रकाशन तथा प्रसारण विभागका सदस्य पत्रकार देवराम यादव, मुसलिम संधका जिल्ला संयोजक मो.डोमन, बासुदेव यादव,दिपेन्द्र माझी,कृष्णदेव मण्डल,धिरेन्द्र यादव,उमेश यादव,रामनारायढा सरदार लगायतको उपस्थिती रहेको थियो । सहभागीहरुले नेपाली कम्युनिष्ट पार्टीका उम्मेवारलाई तारा चिन्हमा आफनो अमुल्य मत दिएर विजय बनाउन आग्रह गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२६-०२-१७ , समय : २०:१७:१३ , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित