निर्वाचन विशेष : सप्तरीमा दुई दर्जन भन्दा बढी जेनजी युवाहरु नेपाली काङ्ग्रेसमा प्रवेश

मिति: २०२६-०२-२४ , समय : २०:५४:०९ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
नेपाली काङ्ग्रेसमा दुई दर्जन भन्दा बढी जेनजी युवाहरु मङ्गलबार प्रवेश गरेका छन् । सप्तरीको राजविराजको गजेन्द्र चोकमा आयोजित चुनावी सभामा उहाँहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा सप्तरीको राजविराज नगरपालिकाका मो. सज्जाद, सुल्तान, अकबर , अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुस लगायत रहेका छन् । यस्तै महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशी युवालाई काङ्ग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रिय सभा सदस्य रन्जित कर्ण, नेताहरू इर्शाद अन्सारी, संविधान सभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२६-०२-२४ , समय : २०:५४:०९ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित