निर्वाचन विशेष : सप्तरीमा झण्डै तीन हजार ८९२ जना अस्थायी मतदाता

मिति: २०२६-०२-२४ , समय : २०:५९:०९ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
सप्तरीमा तीन हजार ८ सय ९२ जना अस्थायी मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा यी अस्थायी मतदाताले पनि मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयल सप्तरीले जनाएको छ ।
निर्वाचनमा खटिएका विभिन्न क्षेत्रका कर्मचारीहरु अस्थायी मतदाता हुन् । यी मतदाताले समानुपातिक मत मात्रै हाल्न पाउने निर्वाचन प्रमुख रमेशकुमार जोशीले जानकारी दिनु भयो ।
उहाँका अनुसार स्वास्थ्य क्षेत्रका ७३३ जना, सशस्त्र प्रहरी २९१ जना, स्थानीय सेवाका ९५३ जना, संस्थान तर्फका १५५ जना, संघीय निजामतितर्फका ३९० जना, राष्ट्रिय अनुसन्धानका १९ जना, बैंक÷वित्तिय संस्थाका ५६ जना, प्राधिकरणका दुई जना कर्मचारी अस्थायी मतदाता रहेको बताउनु भयो ।
यस्तै, कारागारका ६९ जना कैदीबन्दी, प्रदेश निजामतितर्फका ९४ जना, नेपाली सेनाका २५ जना, नेपाल प्रहरीका ९२ जना, निर्वाचन म्यादी प्रहरीतर्फ ७ सय ७८ जना, ट्राफिक प्रहरी दुई जना, अनुदानतर्फका ३ जना र अन्य २ सय ३० जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।
यी मतदाताहरुले अस्थायी मतदान केन्द्रमा मतदान गर्ने निर्वाचन कार्यालय सप्तरीले संचारकर्मीलाई जानकारी गराउनु भयो । सप्तरीमा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा जिल्ला समन्वय समितिमा र अर्को राजविराज कारागारमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२६-०२-२४ , समय : २०:५९:०९ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित