सप्तरीमा फागुन १८ गते साँझ ७ वजेदेखि मदिरा बिक्री बितरण एवं सेवन गर्न बन्देज

मिति: २०२६-०२-२५ , समय : १९:५८:४२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सप्तरी ।
सप्तरीमा अगामि फागुन १८ गते साँझपछि मदिरा बिक्री बितरण एवं सेवन गर्न बन्देज भएको छ ।
फागुन १८ गते साँझ ७ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री गर्न बन्देज रहने सूचना बुधवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम फागुन १८ गते साँझ ७ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री बितरण एवं सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २०२६-०२-२५ , समय : १९:५८:४२ , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित