निर्वाचन विशेष : सप्तरीका सम्पूर्ण नाकाहरु तीन दिन सम्म बन्द

मिति: २०२६-०२-२५ , समय : २१:४०:१४ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

सप्तरी ।
सप्तरीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिएको छ । आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि सिमा नाका बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस सूचना जारी गर्दै फागुन १९ गते राती १२ बजे देखि २१ गते रातीसम्म भारतीय सिमा नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा जनाएको छ ।
निर्वाचनलाई स्वतन्त्र,स्वच्छ,निष्पक्ष, भयरहीत एवम् शान्तिपूर्ण बाताबरणमा सप्पन्न गर्न भारतसंगै सिमा जोडिएका सप्तरीको सम्पूर्ण सीमा नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
आगामी फागून २१ गतेका दिन विहान ५ वजेदेखि साझँ ७ वजेसम्म एम्बुलेन्स,दुरसञ्चार सेवा,शव वाहन,अस्पताल सेवा,विधुत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधन वाहेक अन्य सम्पुर्ण यातायातका साधनहरु (सार्वजनिक र निजी) बन्द रहने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-२५ , समय : २१:४०:१४ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित