निर्वाचन विशेष : स्वतन्त्र उम्मेदवार देव जनमत पार्टीमा प्रवेश
मिति: २०२६-०३-०१ , समय : २२:५१:२९ , गामघर डेस्क
मिति: २०२६-०३-०१ , समय : २२:५१:२९ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
स्वतन्त्र उम्मेदवार संजयकुमार देव जनमत पार्टी प्रवेश गरेका छन्। राजविराजमा आइतबार आयोजित एक समारोहका वीच देवसहित दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
उहाँहरुलाई जनमत पार्टीका अध्यक्ष तथा उम्मेदवार डा. सिके राउतसँगै प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले देवसहित उहाँका समर्थकलाई गम्छा र अवीर लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै देवले देशको निकास र विकास जनमत पार्टीको स्पष्ट नीति र डा. सीके राउतको नेतृत्वबाट मात्र सम्भव रहेको उल्लेख गर्नु भयो ।
उहाँँले संघीयता सुदृढीकरण र मधेशको अधिकार सुनिश्चित गर्न जनमत पार्टी नै एकमात्र विकल्प रहेको धारणा राख्दै उच्च मनोबलका साथ जनमत पार्टीमा समाहित भएको बताउनु भयो ।
स्वतन्त्र उम्मेदवार देवको समर्थन जनमततर्फ मोडिनु चुनावी समीकरणका दृष्टिले महत्त्वपूर्ण संकेत मानिएको छ। विशेषगरी स्थानीय तहमा प्रभाव राख्ने व्यक्तिहरूको साथले मतदातामा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।
यसैबीच राजविराजमा युवामाझ लोकप्रिय अभियन्ता तथा ड्रिम नेपालका अध्यक्ष कमलकिशोर साह पनि आइतबार जनमत पार्टीमा प्रवेश गरेका छन्।
युवाहरूबीच सक्रिय सामाजिक अभियानमार्फत पहिचान बनाएका साहको प्रवेशलाई युवा मतदाताबीच जनमतको पकड मजबुत बनाउने कदमका रूपमा हेरिएको छ। पार्टी अध्यक्ष डा. सीके राउतले साहलाई पनि गम्छा र अवीर लगाएर स्वागत गरेका थिए।
प्रवेश कार्यक्रममा प्रेस जनमत संघका अध्यक्ष अवधेश झा र प्रचार–प्रसार जनमत संघका सह–संयोजक मोहन यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२६-०३-०१ , समय : २२:५१:२९ , 7 hours अगाडि