निर्वाचन विशेष : इन्सेकद्वारा सप्तरीमा निर्वाचन पूर्व अनुगमन
मिति: २०२६-०३-०२ , समय : १२:१६:४८ , गामघर डेस्क
मिति: २०२६-०३-०२ , समय : १२:१६:४८ , गामघर डेस्क
तस्बिर : नवीन यादवको सहयोगमा
गामघर डेस्क
सप्तरी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीमा भएको पूर्वतयारीको सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश र मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालय, सवल नेपाल, लाइफ नेपाल र आसमान नेपालको संयुक्त टोलीले अनुगमन गरेको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान र मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका नि. प्रदेश सचिव रंजित कुमार यादव नेतृत्वमा गरिएको अनुगमनजिल्लाका विभिन्न क्षेत्रमा अनुगमन गरेको छ। आइतबार क्षेत्र नम्बर १, २, ३ र ४ मा अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारी र नागरिक समाजका अगुवाहरुसँग भेटघाट गरिएको थियो ।
टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृतसँग भेटी निर्वाचन तयारी, मतदान केन्द्रको अवस्था तथा बालबालिकाको प्रयोग सम्बन्धमा छलफल गरेको इन्सेक जिल्ला प्रतिनिधि नविन यादवले जानकारी दिनु भयो । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जिल्लामा २ सय ९६ मतदान स्थल रहेको र मतदान स्थल राख्ने विषयमा सर्वदलीय बैठक राखेर पनि तय गरिएको बताउनु भयो । निर्वाचन प्रचार प्रसारमा बालबालिकाको प्रयोग नभएको, मतदान केन्द्रहरुलाई अपांगता, महिला र जेष्ठ नागरिकमैत्री बनाउन सक्दो प्रयास गरिएको उहाँले जानकारी दिनु भयो । 
निर्वाचनका लागि आवश्यक सबै सुरक्षा तयारी पूरा भएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार २ सय ८ मदतान स्थललाई अति संवेदनशील, ८४ मदतदान लाई संवेदनशील र ४ मतदान स्थललाई समान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।
अनुगमनका क्रममा सप्तरी क्षेत्र नम्बर ४ अन्तर्गत बोदेबरसाइन नगरपालिका वडा नम्बर ७ स्थित डिहबार थान र वडा नम्बर १० मा खुला चौरमा मतदान केन्द्र रहेकोले सुरक्षा चुनौति रहेको क्षेत्र नम्बर ४ का मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्यले बताउनु भयो । 
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएको मौखिक सूचना प्राप्त भए पनि हालसम्म लिखित उजुरी भने नआएको तर, सम्बन्धित दलहरुलाई मौखिक रुपमा बालबालिका प्रयोग नगर्न भनिएको उहाँले बताउनु भयो।
प्रकाशित मिति: २०२६-०३-०२ , समय : १२:१६:४८ , 17 hours अगाडि