निर्वाचन विशेष : सप्तरीमा विभिन्न राजनीतिक दलद्वारा वृहत् शक्ति प्रदर्शन
मिति: २०२६-०३-०२ , समय : १७:५५:०९ , गामघर डेस्क
मिति: २०२६-०३-०२ , समय : १७:५५:०९ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
सप्तरी ।
निर्वाचन आयोगले दिएको प्रचारप्रसारको अन्तिम दिन सप्तरीमा सोमबार विभिन्न पार्टीले शक्ति प्रदर्शन गरेको छ । मतदातालाई प्रभावित पार्न उम्मेदवारसहित जिल्लाको विभिन्न क्षेत्रमा विभिन्न पार्टीले मोटरसाइकल ¥याली सहित शक्ति प्रदर्शन गरेको हो ।
यसैगरी जनता समाजवादी पार्टी नेपालका सप्तरी निर्वाचन क्षेत्र ३ का उम्मेदवार उपेन्द्र यादव, २ का उम्मेदवार उमेश कुमार यादवले चुनावी प्रचार–प्रसारको अन्तिम दिन विभिन्न ठाउँमा बृहत् घरदैलो तथा प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
मौन अवधि लागू हुनुअघि आयोजित उक्त कार्यक्रमअन्तर्गत निकालिएको मोटरसाइकल ¥याली सप्तरी ३ का विभिन्न पालिका र क्षेत्र २ का राजबिराज नगरका विभिन्न स्थान परिक्रमा गरेको थियो। नगरका मुख्य चोक, बजार क्षेत्र तथा आवासीय बस्तीमा पुगेर उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन मागेका थिए। 
घरदैलो कार्यक्रमका क्रममा उहाँले पहिचान र संविधानको रक्षा, संघीयताको सुदृढीकरण तथा मधेशको समग्र विकास र निकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । मधेशको शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मतदातालाई छाता छापमा मतदान गर्न आग्रह गरेका थिए।
¥यालीमा पार्टीका नेता–कार्यकर्ता, युवा तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको जसपा नेपाल सप्तरीका उपाध्यक्ष लक्ष्मण यादवले जानकारी दिनु भयो । उम्मेदवार यादवले आगामी निर्वाचनलाई मधेशको अधिकार, सम्मान र समृद्धिसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै जनताको विश्वासलाई जितमा परिणत गर्ने दाबी गरेका छन्। उहाँले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्नसमेत अपिल गरेका छन्।
यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले, जनअधिकार पार्टीलगायतका विभिन्न प्रमुख राजनीतिक दलले शक्ति प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति: २०२६-०३-०२ , समय : १७:५५:०९ , 11 hours अगाडि