सप्तरीमा ईट्टा भट्टाको पर्खाल भत्किँदा भारतीय कामदारको मृत्यु

मिति: २०२३-०३-२८ , समय : १५:५०:४९ , गामघर डेस्क

तस्बिर : जिल्ला प्रहरी कार्यालय सप्तरी

गामघर डेस्क

राजविराज ।
सप्तरीमा इट्टा भट्टाको पर्खाल भत्किँदा एक जना भारतीय कामदारको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब पौने ६ बजेको समयमा जिल्लाको रुपनि गाउँपालिका वडा नं. २ पिपराहि स्थितमा रहेको जेएसआ ईट्टा भट्टा उद्योगमा काम गर्ने भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईट्टा निकाल्ने क्रममा पर्खाल भत्किँदा भारतको वेष्ट वंगाल राज्य जिल्ला कुच बिहार ग्राम पंचायत अठरजनि बस्ने ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

पर्खाल भत्केपछि शरिरको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका अजिमलाई गजेन्द्र नारायण सिंह अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको उहाले जानकारी दिनुभयाे ।

यस्तै साे घटनामा घाइते भएका अन्य दुईजनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-२८ , समय : १५:५०:४९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित