निर्वाचन विशेष : सप्तरीमा ५५.३३ प्रतिशत मतदान, क्षेत्र नम्बर २ मा सबैभन्दा बढी सहभागिता

मिति: २०२६-०३-०५ , समय : १९:५४:३२ , नविन यादव

तस्बिर : गामघर टिभि / राजविराज

नविन यादव

सप्तरी ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा औसत ५५.३३ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा कुल ४ लाख ४६ हजार ४०२ मतदाता रहेकामा २ लाख ४५ हजार ५८७ जनाले मतदान गरेका छन्।
तथ्यांक अनुसार सप्तरी क्षेत्र नम्बर २ मा सबैभन्दा बढी ५७.२२ प्रतिशत मतदान भएको छ। उक्त क्षेत्रमा कुल १ लाख ५ हजार ९२२ मतदाता मध्ये ६० हजार ९३८ जनाले मतदान गरेका छन्।
त्यस्तै क्षेत्र नम्बर १ मा ५५.५७ प्रतिशत मतदान भएको छ। यहाँ १ लाख १९ हजार ४३ मतदाता मध्ये ६५ हजार ६५२ जनाले मतदान गरेका छन्।
यस्तै क्षेत्र नम्बर ४ मा ५५.५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। उक्त क्षेत्रमा १ लाख ९ हजार ५६६ मतदाता मध्ये ६० हजार २६६ जनाले मतदान गरेका छन्।
यस्तै क्षेत्र नम्बर ३ मा सबैभन्दा कम ५३.१४ प्रतिशत मतदान भएको छ। यहाँ १ लाख ११ हजार ८७१ मतदाता मध्ये ५८ हजार ७३१ जनाले मतदान गरेका छन्।


जिल्लाभर पुरुषतर्फ १ लाख १२ हजार ४२५, महिलातर्फ १ लाख ३३ हजार १५९ तथा अन्य ३ जना मतदाताले मतदान गरेको विवरण सार्वजनिक गरिएको छ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-०५ , समय : १९:५४:३२ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित