निर्वाचन विशेष : सप्तरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
मिति: २०२६-०३-०७ , समय : १३:२२:१० , गामघर डेस्क
मिति: २०२६-०३-०७ , समय : १३:२२:१० , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
सप्तरी । सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । याे समाचार तयार पार्दा सम्ममा सप्तरी-१ मा रास्वपाकी पुष्पा चाैधरी १० हजार ९ सय १६ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका रामदेव साह तेलीले २ हजार ५ सय १५ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका समनराज प्याकुरेलले २ हजार २ सय ८३ मत र स्वाभिमान पार्टीका सुमित कुमारले १ हजार २ सय २४ मत ल्याएका छन् ।क्षेत्र नम्बर- २ मा पनि रास्वपाका रामजी यादवले ६ हजार २ सय ७५ मत ल्याउँदै फराकिलो अग्रता बनाएका छन् ।जसपा नेपालका उमेशकुमार यादवले ३ हजार २ सय ७४ मत ल्याएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत तेस्रो स्थानमा छन्। राउतले २ हजार ६ सय ८६ मत ल्याएका छन् ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा स्वाभिमान पार्टीका सतिशकुमार सिंहले ९ सय ८६ मत मात्रै पाएका छन् ।यस्तै क्षेत्र नम्बर-३ मा रास्वपाका अमरकान्त चौधरीले फराकिलो मतान्तर बनाएका छन् । उनले ७ हजार ४ सय ९४ मत पाउँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ५ हजार ९ सय १३ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दिनेशकुमार यादवले ३ हजार १ सय २५ मत, नेकपा एमालेका ताराकान्त चाैधरीले १ हजार ७ र जनमत पार्टीका सुरेन्द्र मधेशीले ७ सय ४० मत ल्याएका छन् ।क्षेत्र नम्बर- ४ मा रास्वपाका सिताराम साहले फाराकिलो अग्रता बनाएका छन् । उनले १९ हजार ५ सय ५५ मत ल्याएका छन् ।नेपाली कांग्रेसका तेजुलाल चाैधरीले ७ हजार २ सय ८० मत ल्याउँदा जसपा नेपालकी बबी सिंह यादवले ७ हजार ४ सय ५९ मत ल्याएकी छिन् । नेपाली कम्युनिस्ट पार्टीका रूबी कर्णले १ हजार १ सय १७ मत पाएकी छिन् ।
प्रकाशित मिति: २०२६-०३-०७ , समय : १३:२२:१० , 2 hours अगाडि