निर्वाचन विशेष : मातृका प्रसाद यादवको सांसद पद जोगियो
मिति: २०२६-०३-१५ , समय : १८:३८:४३ , गामघर डेस्क
मिति: २०२६-०३-१५ , समय : १८:३८:४३ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
जनकपुरधाम ।
सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको उजुरीका आधारमा आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साह सर्वोच्च गएका थिए।
प्रकाशित मिति: २०२६-०३-१५ , समय : १८:३८:४३ , 2 hours अगाडि