सप्तरीको इटहरिका अग्निपिडित परिवारलाई रामलालले बाडे राहत

मिति: २०२३-०३-२८ , समय : १६:२०:१७ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

राजविराज । अागलागिबाट बचौं र बचाऔंऔ : सावधानी अपनाऔं भन्ने उदेश्यले सहयोगी हातहरुको आगलागिबाट आहतलाई एउटा‌ सानो सहयोग स्वरुप राहत वितरण गरेको छ ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.-७ ईटहरीका अग्निपीडित शोभा लाल मंडललाई क्लवकाे सहयोगमा काेमेडि कलाकार रामलालले राहत वितरण गरेको हाे । राहत स्वरुप त्रिपाल, झुल ,तन्ना ,लुगाफाटा र भाडाकुडा लगायतका सामाग्रीहरू वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
गत फाल्गुन ३० गते आगलागि हुदा अनुमानित ४ लाख भन्दा‌ बढिको धनसम्पतिको क्षति भएको थियाे ।
साेहि कार्यक्रममा सप्तरी सहित मिथिलान्चलका चर्चित हास्य कलाकार भूपेन्द्र मंडल उर्फ राम लाल,कपलेश्वर मंडल,आनन्द चौधरी लगायत स्थानीय व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे । स्मरण रहाेस सप्तरीका अग्निपिडित ,चिसाे पिडित ,गरिब, निमुखा तथा दलित र विपन्न परिवारलाई समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले निस्वार्थ भावले सहयोग गरेर उदाहरणीय काज गर्दै अाउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०३-२८ , समय : १६:२०:१७ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित