सप्तरीका रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योगमन्त्रीमा सिफारिश

मिति: २०२६-०४-१० , समय : १६:२९:२३ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डाै । प्रधानमन्त्री बालेन्द्र शाहले दुई जना मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयकाअनुसार दीपक साह बर्खास्त भएपछि खाली रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयमा रामजी यादव सिफारिश हुनुभएकाे छ ।

त्यस्तै शुरूदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गौरीकुमारी यादव सिफारिश हुनुभएको छ । रामजी सप्तरी– २ बाट र गौरी महोत्तरी– ४ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

दुवै जनालाई राष्ट्रपतिले नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ । यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।

प्रकाशित मिति: २०२६-०४-१० , समय : १६:२९:२३ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित