शनिबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको सम्भावना, मधेस प्रदेश सहित तराईमा बर्षा र हावाहुरीको जोखिम….
मिति: २०२३-०६-३० , समय : ०६:५६:१० , गामघर डेस्क
मिति: २०२३-०६-३० , समय : ०६:५६:१० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
केही दिन कमजोर बनेको मनसुनी प्रणाली फेरि मजबुत बनेको छ। जसकारण आज बिहीबार रातिदेखि शनिबारसम्म देशका धेरैजसो क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् विनु महर्जनका अनुसार देशभर मनसुनी वायु सक्रिय रहेकाले आगामी २४ घन्टामा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षाको सम्भावना छ।
ती प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको आकलन पनि गरिएको छ। गण्डकी र लुम्बिनीका तराईका धेरै तथा बाँकीका तराईका थोरै स्थानमा हावाहुरीको पनि प्रक्षेपण महाशाखाले गरेको छ।
अहिले कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सु्दूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।
शुक्रबार देशभर बदली हुने र कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशकेन्द्रित वर्षा हुने अनुमान गरिएको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। शुक्रबार राति भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिमकेन्द्रित वर्षा हुने देखिन्छ।
शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ भने त्यसमा पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भीषण वर्षाको आकलन गरिएको छ।
तीन दिन मधेस, गण्डकी र लुम्बिनीका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०६-३० , समय : ०६:५६:१० , 2 years अगाडि