चार वटा प्रदेशका थोरै ठाउँमा हल्का वर्षा : आज ठूलो पानी नपर्ने

मिति: २०२३-०७-२२ , समय : ०८:०५:५१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । देशका चार वटा प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भैरहेको छ । गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरकै मौसम बदली छ । मनसुनी वायुको आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन ।

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति लुम्बिनी प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ । उज्यालो

प्रकाशित मिति: २०२३-०७-२२ , समय : ०८:०५:५१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित