मधेस प्रदेश : कमलाले बगाउँदा श्रीमान–श्रीमती वेपता

मिति: २०२३-०८-०८ , समय : १७:४७:५० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषामा कमला नदीमा आएको बाढीले श्रीमान र श्रीमतीलाई बगाएको छ ।

मंगलबार दिउँसो कमला नदिमा वगेको दाउरा निकाल्ने क्रममा श्रीमान श्रीमति पेपत्ता भएका छन् ।

गणेशमानचारनाथ नगरपालिका ७ पोर्ताहा व्यारेज नजिक स्थानीय ३५ वर्षीय साजन परियार र माया परियारलाई नदिले वेपत्ता बनाएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

वेपत्ता भएका श्रीमान् श्रीमतिलाई खोजी गर्नका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मी परिचालन गरिईएको उनले बताए ।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १७:४७:५० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित