सप्तरीको पकरीमा मानव कल्याण तथा सुख,शान्ति र समृद्घिको कामनाका लागी नव रात्री शुरु

मिति: २०२३-१०-१५ , समय : १९:४१:५४ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा न.१ पकरीस्थित माँ भगवती काली मन्दिरमा आईतवारदेखि मानव कल्याण, सुख, शान्ति तथा समृद्घि लगायतको कामनाका लागी विजया दशमीको पुजा पाठ शुरु भएको छ । यस मन्दिरमा विगत २०७३ सालदेखि विजया दशमीको अवसरमा नियमित पुजा–पाठ,भजन,किर्तन,आरती लगायत धार्मिक कार्यक्रम हुने आयोजक रामलखन यादवले जानकारी दिनु भयो । यस मन्दिरमा विजया दशमीको धटस्थपनाको दिनदेखि विजया दशमीसम्म नियमित पुजा–पाठ,भजन,किर्तन,आरती लगायत धार्मिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

घटस्थपनादेखि पण्डित राज कुमार शास्त्रि यादवले धार्मिक विधिबाट नवरात्री सम्म पुजा,पाठ,भजन,किर्तन,आरती लगायतको कार्यक्रम गरीने जनाएको छ । पण्डित यादवका अनुसार यो नव रात्रीले सम्पुर्ण हिन्दु धर्मालम्बीलाई मानवकल्याण,सुख,शान्ति,समृद्घि हुने विश्वास लिएको बताए । स्थानिय बेचन यादव र भुटी देवी यादव दम्पतिले संयुक्तरुपमा निर्माण गरेका मन्दिरको तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले २०७३ साल असोज २४ गते एक समारोह विच उद्घाटन गरेका थिए । यस मन्दिरमा दैनिक भजन,किर्तन,पुजा पाठ,आरती लगायतको धार्मिक कार्यक्रम हदै आएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-१५ , समय : १९:४१:५४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्