सप्तरीकाे छिन्नमस्ता गाउपालिकाकाे वडा कार्यालय भवन निर्माणमा अवरोध

मिति: २०२४-०३-०५ , समय : १७:०५:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवन निर्माणमा वडाध्यक्षले मनरी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
वडा कार्यालय निर्माण गर्दा स्थानीयवासीको मागलाई वेवास्था गर्दै मनोमानी ढंगबाट अनुपयुक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले विरोध गरेका हन् ।
जनताको चाहना विपरित वडा नं. २ मा पर्ने मोहनपुर, मौहुवा र रम्पुराको विचमा पर्ने गरी वडा कार्यालय भवन बनाउनुपर्नेमा ३ किलोमिटरको दुरीमा पर्ने मोहनपुर र रम्पुरालाई सम्बोधन नै नगरी भवन निर्माण गर्न लागेको भन्दै विरोध जनाएका हुन । महुवा गाउँ मात्र सम्बोधन हुने गरी बनाउन लागेको वडा कार्यालय भवन निमार्ण नगर्न यसअघि पौष १२ गते दर्ता नं. ६६१ को निवेदन समेत दर्ता गरी रोक्न भनेकोमा सो नगरी जवरजस्ती निर्माण गर्न लागेको भनि दुई गाउँका वासिन्दाले विरोध जनाएका हुन ।
यता वडा कार्यालयले फाल्गुन २३ गते सिलान्यास रोक्न आज मगलवार ज्ञापन सहित स्थानियले रोक्न अनुरोध गरेको संघर्ष समितिका संयोजक श्रवण कुमार मण्डलले जानकारी दिनु भयो । उहाँले वडा कार्यालय र छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा ज्ञापन बुझाए पनि माग सम्बोधन भएन भने हामी आन्दोलन गरी सिलान्यास रोक्ने स्थानियले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-०५ , समय : १७:०५:३२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित