मेडिकल संचालिका लागुऔषध कारोबार गर्दा गर्दै पक्राउ
मिति: २०२५-०५-०२ , समय : १३:४०:३८ , गामघर डेस्क
मिति: २०२५-०५-०२ , समय : १३:४०:३८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको झापा प्रहरीले लागुऔषध कारोबार गर्दागर्दै एक मेडिकल संचालिकालाई पक्राउ गरेको छ। झापाको बाह्रदशी गाँउपालिका-५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-०२ , समय : १३:४०:३८ , 1 day अगाडि