घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मिति: २०२५-०६-०६ , समय : ०७:३३:२२ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ६ लाख ७० हजार रुपैयाँ बिगो माग दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनी सेवाग्राहीबाट ५ लाख ७० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ६ लाख ७० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको माग दाबी गरेको छ ।

प्रकाशित मिति: २०२५-०६-०६ , समय : ०७:३३:२२ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित